सामुद्रिक आँधीको त्रास


हनाइ, (एजेन्सी)
दक्षिण चीन सागरबाट आएको विनाशकारी सामुद्रिक आँधी टेन्बिनका कारण दक्षिणी भियतनाममा लाखौं नागरिकलाई सुरक्षित स्थानतर्फ सारिएको जनाइएको छ। राष्ट्रिय विपत्ति नियन्त्रण समितिले ७० हजारभन्दा धेरै नागरिकलाई पहिल्यै अन्यत्र सारिएको बताएको छ।

सामुद्रिक आँधी टेन्बिनले यसअघि फिलिपिन्समा व्यापक विध्वंश मच्चाइसकेको छ। उक्त आँधीका कारण कम्तीमा २ सय ३० जनाको मृत्यु भइसकेको छ भने ७५ हजार जना घरबारविहीन भएका छन्। राहत तथा उद्धार टोलीले बेपत्ता भएका १ सयभन्दा व्यक्तिको खोजी अभियान चलाइरहेको छ। भियतनाममा सरकारले तेल रिंग र जहाजहरू सुरक्षित राख्न आदेश दिएको छ।