दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी

0
Shares

कालिकोट, (नेस)
शुक्रबार प्रहरीको गोली लागि मृत्यु भएका रास्कोट नगरपालिका–२ का विवेक ऐडीका परिवारले पीडकलाई कारबाही र उचित राहत नपाएसम्म मृतकको शव नबुझ्ने बताएका छन। ‘जब मेरो भाइको टाउकोमा गोली हान्ने र आदेश दिनेलाई कारबाही हुँदैन तबसम्म आन्दोलन जारी राख्ने र लास पनि बुझ्ने छौनौ र आन्दोलन पनि जारी रहनेछ’ मृतका दाजु विरेन्द्र ऐडिले भने।

गृह मन्त्रालयका सहसचिव मानवहादुर विकको संयोजकत्वमा गठित घटना छानविन समिति, राजनीति दल, जिल्ला प्रशासन र प्रहरीको संयुक्त बैठकले चार वुँदे निर्णयपछि मंगलबार लासको पोस्टमाडम गर्न भने सहमति दिएका छन।

समोबार जिल्ला प्रशासनमा बसेको संयुक्त वैठकले मृतकलाई शहीद घोषणाको लागि पहल गर्ने, परिवारलाई राहत उपलब्ध गराउन पहल गर्ने र छानविनपछि दोषी ठहरिएमा घटनामा संलग्नलाई कारबाही गर्ने निर्णय भएपछि पुष ११ गते लासको पोस्टमाडम गरिएको छ। गृह मन्त्रालयका सहसचिव मानवहादुर विकको संयोजकत्वमा नेपाल प्रहरीका डीआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डीआईजी प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका डीआईजी लक्ष्मण गुरुङसहितको टोली घटना छानविनका लागि कालिकोट पुगेर विभिन्न सरोकारवालाहरूसँग छलफल गरिरहेको छ।

आफूले पाउने तलब सुविधा कटौती गरेको भन्दै म्यादी प्रहरीले प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले गोली चलाउँदा २५ वर्षीय म्यादी प्रहरी विवेक ऐडीको पुस ७ गते मृत्यु भएको थियो। पीडित परिवारलाई क्षतिपुर्ति दिनुपर्ने,ल मृतकलाई शहीद घोषणा, गोली चलाउने र आदेश दिनेलाई कारबाहीको माग गर्दै मृतक ऐडिका परिवार तथा आफन्तले जिल्ला प्रशासनअगाडि धर्ना दिइरहेका छन्।
प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेले आन्दोलनकारीका केही मागहरूको सम्वोधन भैसकेको र केही प्रक्रियामा ढिला हुने भएकाले मृतकका आफन्तले लास बुझेर आन्दोलन फिर्ता लिन आग्रह गरेका छन।