बुधसिङ खुलादिसामुक्त क्षेत्र घोषणा

0
Shares

शालिकराम चालिसे, नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं.४ बुधसिङलाई आज खुलादिसामुक्त क्षेत्र घोषणा गरिएको छ । वडास्तरीय खानेपानी तथा सरसफाई समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा तारकेश्वर गाउपालिकाका अध्यक्ष रमेश वस्तीले साविकको बुधसिङ गाविस हाल तारकेश्वर गाउँपालिकाको वडा नं. ४ लाई खुलादिसामुक्त क्षेत्र घोषणा गरिएको हो छ ।

वडामा रहेका ८ सय घरघुरीले चर्पी निर्माण गरेकोले वडालाई खुलादिसामुक्त वडा घोषणा गरिएको हो । खुलादिसामुक्त घोषणा गदै गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले सरसफाईको क्षेत्रमा गाउँपालिकाले योजनाहरु निर्माण गरि कार्यन्वयन गर्ने बताउनुभयो ।

वडा नं. ४ का अक्ष्यक्ष राममणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्ना मन्तव्य राखेका थिए । खुलादिसामुक्त बनाउनको लागि अक्सफामको सहयोगमा सहायता सामाजक संस्थाले कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा चण्डी माध्यमिक विद्यालयका विद्यार्थीहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।