के.बी. गु्रप द्धारा जोडोमा न्यायो लुगा बितरण

0
Shares

विमल विष्ट, डोटी । डोटीको दिपालमा रहेको के.बी. गु्रपले मंगलबार एक कार्यक्रमको आयोजना गरी बृद्ध बृद्धा,अपांग तथा असहायहरुलाई जाडोमा न्यानो लुगा बितरण गरेको छ । डोटीको दिपायल सिलगढी नगरपालिका भित्रमा रहेका करिब २ सय ७० जना बृद्ध बृद्धा,अपांग तथा असहायहरुलाई न्यानो लुगा बितरण गरिएको सो उद्योगका प्रोपाईटर खगेन्द्रबहादुर साँउद(केबी)ले बताउनु भयो । उहाँले भन्नु भयो ‘जाडोले कतिपय असाय तथा बृद्ध आमा बुबाहरुलाई समस्या हुदै आएको थियो,हामीले जाडोमा उहाँहरुलाई अलिकति भएपनि न्यानो होस भन्ने उदेश्यले केही लुगा बितरण गरेका छौ,यो जाडोमा पक्कै पनि उहाँहरुलाई न्यानो हुने छ ।’
डोटी जिल्लाका स्थानियबासी समेत रहेका खगेन्द्र साउद केबीले डोटीमा बिगत पाँच बर्ष देखी जाडोमा न्यानो लुगा बितरण गर्दै आउनु भएको छ । मंगलबार केबी गु्रपले नगरपालिका भित्रका ९ वटै बडाहरुमा पुगेर न्यानो लुगा बितरण गर्नु भएको हो । केबी गु्रपले बितरण गरेको न्यानो लुगा पाएपछि यहाँका स्थानिय तथा बृद्ध बृद्धाहरु उहाँ प्रती निकै खुसि हुनुका साथै धन्यबाद समेत दिएको स्थानिय हिरा कामीले बताईन् । त्यस्तै आफनै वडा कार्यालयमा आयर केबीले न्यानो लुगा बितरण गरेको प्रती दिपायल सिलगढी नगरपालिका वडा न ४ का वडा अध्यक्ष वीरेन्द्र शाहले केबी ईलेक्ट्रोनीक तथा केबी स्टील फर्निचर उद्योगले निकै सरहानिय काम गरेको भन्दै उहाँलाई धन्यबाद दिदै फुलमाला तथा खादा पहिराएर स्वागत समेत गर्नु भएको थियो ।