सुरेन्द्रको अमर सार्वजनिक

0
Shares

गीतकार तथा गायक सुरेन्द्र महर्जन ‘अमर’ को १६ गीति अडियो एल्बम अमर–२ राजधानीमा आयोजित एक समारोहबीच नेपाल गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाले सार्वजनिक गरेका छन्।

सात गीत समावेश एल्बममा सुरेन्दकै रचना तथा मेलिना राई, शिव परियार, शिखा भारती, सविन लिम्बु, नीता थापामगर, दिना थानी र स्वयं रचनाकार सुरेन्द्रकै स्वर रहेका छन्। एल्बममा मभन्दा नि, आशा मर्दै गयो, मरेर जल्छु, वीर नेपाली, तड्पिएर बाँच्ने, दुःख र सुख बोलका गीत छन्। यी गीतमा राम कार्की, सन्तोष श्रेष्ठ र राजकुमारले संगीत दिएका छन्। चर्चामा रहका तर एल्बमको रूपमा आइनसकेका गीतहरू यसमा समावेश छन्।

कार्यक्रममा एल्बममा संगृहित संगीता रायमाझीको स्वर र संगीत रहेको हावाहुरी चलेपछि झनै याद आयो तिम्रो बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। सरोज श्रेष्ठको निर्देशन रहेका भिडियोमा रक्षा आचार्य र निराजनको अभिनय छ। कार्यक्रमा एल्बमको प्रस्तुतकर्ता ओएस नेपालका तर्फबाट ओएस म्युजिक अवार्ड लाइफ टाइम एचिभेन्ट अवार्ड २०७४ बाट सम्मानित गरिएको थियो।