कार ठोक्काइयो


वर्लिन, (एजेन्सी)
क्रिसमसको पूर्वसन्ध्यामा जर्मनीको वर्लिनस्थित सोसियल डेमोक्रेटिक पार्टी (एसपीडी) को मुख्यालयमा एक जना ड्राइभरले कार ठोक्काउन पुगेको प्रहरीले जनाएको छ। स्थानीय समयअनुसार आइतबार मध्यराति घटेको यस घटनामा नाम नखुलाइएका ती ५८ वर्षीय ड्राइभर घाइते भएका छन्।स्थानीय सञ्चार माध्यमका अनुसार अधिकारीहरूले कारभित्र पेट्रोल राखिएका भाँडाहरू र एउटा लाइटर फेला परेको बताएका छन्। अनुसन्धानकर्ताहरूले ती ड्राइभरको उद्देश्य आगजनी गर्नु हुनुपर्ने अनुमान गरेका छन्। ड्राइभरले प्रहरीलाई आफूले आत्महत्या गर्न खोजेको बयान दिएका छन्।