केटी हेर्न हिडेका पूर्णमान लागु पदार्थ खान रुपैडिहामा जादा मृत

0
Shares

बाँके । सीमावर्ती भारतीय बजार रुपैडिहामा मृत भेटिएका पूर्णमान श्रेष्ठको शव भारतीय प्रहरीले नै जलाइदिएको छ । आइतबार रुपैडिहाको पेट्रोलपम्प नजिक भेटिएको श्रेष्ठको शवलाई रुपैडिहा प्रहरीले बहराइच पठाइदिएको थियो ।
बुटवलबाट नेपालगञ्ज आएको बस टिकटका आधारमा पूर्णमान श्रेष्ठ नाम पत्ता लगाइएको उसको घर सुर्खेतको छिन्चु भएको खुलेको छ । बुटवलमा केटी हेर्न गएका पूर्णमान फर्किदा लागु पदार्थ सेवन गर्न सीमावर्ती बजार रुपैडिहा पुगेको बुझिएको छ ।
मृतकका बाबु मोतीप्रसाद श्रेष्ठसहितको टोली सोमबार नेपालगञ्ज आएका थिए । रुपैडिहा प्रहरीले शवलाई बहराइच पठाइदिएको बुझेपछि घरपरिवार बहराइच पुगेका थिए । रुपैडिहाबाट १ सय ५४ किलोमिटर टाढा रहेको बहराइचमा पुगेर सोधीखोजी गर्दा प्रहरीले आइतबार नै शवलाई सतगत गरिसकेको बताएको थियो । घरपरिवारले श्रेष्ठको चिनोहरु लिएर फर्किएका छन् ।
आफन्तीहरुका अनुसार, पूर्णमानले लागु पदार्थ सेवन गर्थे । सुधार गृहमा राख्दासमेत भागेर हिडेका थिए । नेपालगञ्ज आएको मौकामा रुपैडिहामा लागु पदार्थ सेवन गर्न पुगेको कुरालाई आफन्तीहरुको भनाईले बल पु¥याएको छ ।
नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाको गल्तीले गर्दा श्रेष्ठ परिवारले शव फेला पार्न सकेनन् । सीमावर्ती भारतीय बजारमा नेपाली युवा मृत अवस्थामा फेला पर्दा नेपाली प्रहरीले यतै ल्याएर अस्पतालको शवगृहमा राखिदिएको आफन्तले शव फेला पार्न सक्थे । प्रहरीले झन्झट मान्दा घरपरिवारले शवसमेत दाहसंस्कार गर्न पाएनन् ।
भारतीय प्रहरीले भने बेवारिसे भनिएको शवलाई उही दिन सतसत गरिदिने गरेको छ । यसअघि जाजरकोट र बुटवलदेखि तीर्थयात्रामा गएको बस दुर्घटनाका मृतकलाई प्रहरीले त्यसरी नै तत्काल सतगत गरिदिएको थियो । ‘आफन्तीहरु आउदैछन्, एक दिन रोकिदिनुस् भन्दा पनि भारतीय प्रहरीले शवलाई सतगत गरिहाल्छ, विगतमा नाका बसेका एक प्रहरी अधिकृतले भने ।