विमल विष्ट, डोटी । अछामको विनायक बजारमा रहेको समीक्षा एण्ड सम्बेग पसलमा आगलागि हुदा करिब १५ लाख बराबरको क्षती भएको छ । उक्त पशलको गोदाममा गएराती आगलागि हुदाँ सबै सामान जलेर नस्ट भएको ७ नम्बर प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । उक्त पशल संगै जोडिएको एउटा मासु पसलमा समेत आगलागिले क्षति भएकोे छ । गएराति करिब १ बजेबाट लागेको आगो बिहान ५ बजे इलाका प्रहरी कार्यालय विनायक र स्थानीयबासीहरुको सक्रियतामा आगो नियन्त्रणमा लिएको ७ नम्बर प्रदेश प्रहरी प्रमुख माधब नेपालले बताउनु भयो । कुन कारणले उक्त पशल र गोदाममा आगलागि भएको हो सो बिषयमा छानबिन भईरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया