चिठ्ठा परेको भन्दै ठगी गर्ने गिरोह पक्राउ

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज । सामाजिक संजालमार्फत ठगी गर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । गिरोहले पर्सा प्रहरीले दोस्रो पटक लट्री परेको भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको हो । गिरोहले भाइवर, फेसबुक, टवीटर र मोवाइलबाट लाखौको लट्री जित्नु भएको सन्देश पठाउने गरेको थियो ।
अव तपाईले कम्पनीको तर्फबाट पुरस्कार पाउनु हुनेछ भन्ने सन्देश गिरोहले पठाउने र पुरस्कार बापतको कर अग्रिम भूक्तानी गर्नु पर्ने शर्त राख्ने गथ्र्ये । पुस्कार पाउने लोभमा कर बापतको रकम गिरोहले भने अनुसार आइएमई गरेर पठाउदै आएकाहरु मध्यकैले यस्तो सूचना प्रहरीलाई दिएपछि प्रहरीले यस्तो गिरोहलाई पक्राउ गरेको हो ।
प्रहरीले बीरगन्जको वडा नं ७ पालगल्लीमा रहेको माँ दुर्गा मनी ट्रान्सफरबाट एक जना र अन्य दुई जनालाई नारायणी गेष्टहाउसबाट पक्रेको पर्साका प्रहरी प्रवक्ता डिएसपी राजन लिम्बुले जानकारी दिनु भयो ।प्रहरीले पक्राउ गरेकोमा भारत बिहारको कटिहार जिल्लाको कुजीवाना पंचायत जाजा थाना कदवा वडा नं १३ घर भई हाल दिल्लीमा बस्दै आएका साकिर रेजा सोही ठाउका मुकेश कुमार राय र बारा जिल्ला बरियारपुर नगरपालिका वडा नं १ घर हाल बीरगन्जमा बसेर रिक्सा चलाउदै आएका फिरोज रायभर रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले २ लाख ४० हजार नेपाली र ५ हजार ४ सय भारतीय रुपिया, फिरोजको नागरिकताको,उनको मतदाता परिचयपत्रको ९०÷९० थान फोटोकपी बिभिन्न बित्तिय संस्थाका सक्कल भौचरहरु ,भारतीय बैंकका एटिएम कार्डहरु एप्पल र सामसुङका सहित अन्य कम्पनीका गरि ७ थान मोवाइल समेत बरामद गरेको छ । यस अघि पर्सा प्रहरीले सामाजिक संजाल मार्फत बिभिन्न ब्यक्तिहरुलाई लुटेको आरोपमा प्रहरीले १४ मंसिरमा पनि एउटा गिरोहलाई नै पक्रेको थियो । बीरगन्जको वडा नं १५ बसपार्कमा रहेको आइएमई रेमिट अगाडिबाट ६ जनालाई प्रहरीले पक्रेको थियो । त्यतीबेला पक्राउ पर्नेमा एक जना भारतीय र अन्य पाँच जना नेपाली रहेका थिए । प्रहरीले चिठ्ठा परेको भन्दै फोन वा सन्देश आएमा बिना कारण ठुलो रकमको दिने कुरा सत्य नहुने भएकोले प्रलोभनमा पर्न नहुनेमा सचेत हुन आग्रह गरेको छ । कुनै प्रलोभन वा भ्रममा परेर कुनै पनि आइएमइ वा बैंक वा अन्य कुनै बित्तिय संस्था मार्फत रकम उपलब्ध नगराउन जिल्ला प्रहरी कार्यालय पर्साले सबैमा अनुरोध समेत गरेको छ ।