रौतहटको बनमा बैज्ञानिक बन ब्यबस्थापन

0
Shares

रौतहट। रौतहटमा बैज्ञानीक वन ब्यबस्थापनको काम हातेमालो सामुदायिक बन उपभोक्ता समुहको बन क्षेत्रबाट शुरु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ र ६ मा पर्ने समुहको बनक्षेत्र लाई शनीबार बाट बैज्ञानीक बन ब्यबस्थापन गर्ने कार्य औपचारिक रुपमा शुभारम्भ गरिएको हो । प्रदेश सभाका सदस्य धनलाल ठोकरले सो कार्यको उदघाटन गर्नु भएसंगै बनमा फायर लाईन निर्माण थालिएको छ ।
८० बर्षे गुरु योजना सहित कार्यथालिएको सो समुहको २८१ दशमलब ६ हेक्टर क्षेत्रफल बन लाई ८ वटा प्लट निर्माण गरीएको छ । सो प्लट भित्रका प्रत्येक प्लट लाई दश भागमा बिभाजन गरी दश बर्षे कार्ययोजना सहितको कार्य थालिएको समुहका सहसचिब शालिग्राम न्यौपानेले बताउनु भयो । उहाका अनुसार यस बर्ष कार्यथालिएको प्लट बाट ७६०० क्युफिट गोलिया काठ र १५ चट्टा दाउरा उत्पादन हुनेछ ।
जस बाट चोरी तस्करी नियन्त्रण हुनुका साथै समुहका उपभोक्ता लाभान्बित हुनेछन । प्लट भित्रका बनमारा प्रजातिका रुखबिरुवा फडानी गर्नुका साथै ढला पडा र पुराना रुख कटान गरिने छ । जसमध्ये प्लटभित्रका माउ रुखलाई जोगाउने र त्यसबाट झरेको बीउ लाई प्राकृतिकरुपमा उमारेर नयारुखहरुको उत्पादन गरिने समुहले जनाएको छ ।
यसो गर्दा बन्यजन्तुको आवातजावतमा समेत सहज हुने र बनभित्र सालका राम्रा रुखहरु हुर्किने छन । बैज्ञानिक बन ब्यबस्थापनले बनलाई ब्यबस्थीत गरेर उपभोक्तालाई अधिक भन्दा अधिक फाईदा पुग्ने र बन जंगल हराभर बनाउन सकिने जिल्ला बन कार्यालय रौतहटका प्रमुख बनअधिकृत दिर्घनारायण कोईरालाले बताउनु भयो ।