बैशाखमा ‘लम्फू’

0
Shares

नेपाल समाचारपत्र, पर्वत । नेपाली चलचित्र ‘लम्फू’ बैशाखमा आउने भएको छ । नयाँ बर्षको अवसर पारेर निर्माण पक्षले चलचित्र लम्फूलाई वैशाखमा २८ गते रिलिज गर्ने तयारी गरेको हो । पपुलर मल्टिमिडियाको ब्यानरमा शक्ति बल्लभ घोरासैनीले निर्माण गरेको चलचित्र लम्फूमा गोपालचन्द्र लामिछानेको निर्देशन रहेको छ ।
हाल अमेरिका रहेका निर्देशक लामिछाने चलचित्र रिजिल कै लागि नेपाल आउन लागेका छन । ग्रामीण परिवेशको एक युवाको जीवनमा घटेका घटना र संघर्षका पाठहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको चलचित्र लम्फूमा तरकारीवालीको नाउँले चिनिएकी कुशुम श्रेष्ठले समेत अभिनय गरेकी छिन । चलचित्रमा कविर खडका, सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सन्जित भण्डारी, कुशाग्र भट्टराईलगायतको मुख्य भूमिका रहेको छ ।
कलाकार कविरले पनि यसै फिल्मबाट नायकका रुपमा डेब्यु गर्न लागेका हुन् । उनी ओस्कार फिल्म कलेजबाट कलाकारितामै स्नातक गरेका हुन् । प्रदेश न ४ को पर्वत जिल्लामा अधिकांश भाग सुटिङ गरिएको चलचित्र लम्फू निर्माण गरेको कम्पनीले यस अघि बोक्सी, द मिरर, ओ माई म्यान नामक सट् मुभि र किन लाग्छ माया नामक ठुलो पर्दाको चलचित्रको निर्माण गरिसकेको छ ।
अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा भूपतिको पटकथा र दिपक बज्राचार्यको छायांकन रहेको छ । चलचित्रमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेलको स्वर सुन्न सकिन्छ । वैशाख २८ का लागि काठमाडौंमा स्टेसन फाइभ र मोफसलमा एफडी कम्पनीले वितरणको जिम्मा लिएको निर्माण पक्षले जनाएको छ । फिल्मको डिजिटल तथा अन्तर्रा्ष्ट्रिय अधिकार भने हाइलाइटस् नेपालले लिएको छ । निर्माण पक्ष यति बेला चलचित्रको प्रचार प्रसारमा जुटेको छ ।