एउटै भिडियोमा बले, कक्रोच, सिते बा र रक्षाको रोमान्स

0
Shares

लोकप्रिय हाँस्य टेलिसिरियल भद्रगोलका कलाकार सागर लम्साल ‘बलेु’, हरिश निरौला ‘कक्रोच’, मधुसूदन पाठक ‘सिते बा’ र रक्षा श्रेष्ठको रोमाञ्चक म्युजिक भिडियो सार्वजनिक भएको छ।

एउटै सिरियलबाट दर्शकको मन जितेका यी लोकप्रिय ४ कलाकारले एकसाथ अभिनय गरेको एउटै म्युजिक भिडियो लामो समयपछि सार्वजनिक भएको हो। उनीहरू गायक किरण भुजेलको गीतमा मोडलका रूपमा देखिएका छन्। संगीतका विद्यार्थी किरणको बरिलै बोलको गीतले पनि यसअघि राम्रो चर्चा पाएको थियो। पल शाह र जुना सुन्दास अभिनित उक्त भिडियोको लोकप्रियताले हौसिएका किरणले यसपालि हाँस्य कलाकारलाई मोडलका रूपमा प्रस्तुत गरेका हुन्।

हाँस्य कलाकारको गतिलो छवि बनाएका उनीहरू म्युजिक भिडियोमा जुना सुन्दाससँग देखिएका हुन्। माया मैसँग लाइदेउन बोलको रोमान्टिक गीतको म्युजिक भिडियोमा सागर र रक्षा तथा हरिश र जुनाल जोडी बनेर रोमान्स गरेका छन्। भिडियोमा सागर र हरिशका प्रेमिका बनेका रक्षा र जुना भद्रगोलका सिते बा मधुसूदन पाठकको अंगालोमा देखिएका छन्।

यो कर्णप्रिय गीतमा किरण भुजेल र मेलिना राईको स्वर रहेको छ। डीपी खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माइलु को संगीत छ। उदयराज पौडेलको एरेन्जमा तयार भएको गीतको म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका छन् भने सुरेन बसेलको कोरियोग्राफी रहेको छ। बसेलले एक दशकदेखि कोरियोग्राफी गर्दै आएका छन्। भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्।