‘रक्षा विभागको प्रतिवेदन आपराधिक’


सोल, (एजेन्सी)
उत्तर कोरियाद्वारा धेरै बल प्रदर्शन गरिरहेको भन्ने अमेरिकी रक्षा विभागले दिएको प्रतिवेदनलाई प्योङयाङले आपराधिक संज्ञा दिएको छ। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपतिको सामरिक नीतिको आलोचना गरेको उत्तर कोरियाका सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्।

अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार वासिङ्टन उत्तर कोरियाको परमाणु कार्यक्रमबाट उत्पन्न हुने चुनौतीसँग लड्न तयार रहेको बताएका थिए।

कयौं विश्लेषकहरूले उत्तर कोरियाले परमाणु बम विकसित गरिसकेको दाबी गर्छन्। अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले जुन गतिले अत्याधुनिक हतियारको विकसित गरेको छ, त्यो आश्चर्यचकित पार्ने खालको भएको उनीहरूले बताए।

उत्तर कोरियाले सन् २०१७ सेप्टेम्बरमा आफ्नो छैठौं आणविक परीक्षण गरेको थियो र त्यो उसले हाइड्रोजन बम भएको दाबी गरेको थियो। उत्तर कोरियाली विदेश मन्त्री राय योङले संयुक्त राष्ट्र संघको महासभामा उत्तर कोरिया परमाणु सम्पन्न हुने दिशामा अन्तिम चरणमा पुगेको बताएका थिए। उत्तर कोरियाले त्यस्तै परीक्षणको दाबी सन् २०१६ मा पनि गरेका थिए। तर विशेषज्ञहरूले त्यसलाई हाइड्रोजन बम मान्न अस्वीकार गरेका थिए।

उत्तर कोरियाले परीक्षण गरेको पछिल्लो बम सन् १९४५ मा हिरोसिमा ध्वस्त पार्ने परमाणु बमको तुलनामा १६ गुणा धेरै शक्तिशाली रहेको दाबी छ।