१५औं अन्तर्राष्ट्रिय मैथिल सम्मेलन शुरू

0
Shares

शिवहरिप्रसाद भट्टराई, राजविराज
मैथिली भाषाको राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पहिचान, विस्तार, संरक्षण, सम्बद्र्धन र यसका लागि उचित वातावरण तयार गर्ने उद्देश्यले सप्तरी सदरमुकाम राजविराजमा शुक्रबारदेखि २ दिने १५औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन शुरू भएको छ।

सम्मेलन मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन र उत्थानका लागि कोशेढुंगा सावित हुने आयोजक मैथिली साहित्य परिषद् सप्तरीले विश्वास लिएको छ। ‘प्रदेश नं. २ वासी के आशा ः मैथिली हो राज्य के भाषा’ (प्रदेश नं. २ वासीको आशा, मैथिली हुनपर्छ राज्यको भाषा) प्रमुख नाराका साथ शुरू भएको सम्मेलनको एक भव्य समारोहबीच प्रमुख अतिथि नागरिक उड्डयन तथा संस्कृति पयर्टनमन्त्री जितेन्द्र नारायण देवले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका छन्।

सो अवसरमा उनले ऐतिहासिक र समृद्धता रहेको मैथिली भाषा साहित्यको संरक्षण र संवद्र्धनमा जोड दिँदै यसका लागि आपूmले पनी आफ्नो स्तरबाट हर सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

१५औं अन्तर्राष्ट्रिय सम्मेलन समितिका संयोजक सुभचन्द्र झाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको संस्थापक महासचिव वैद्यनाथ चौधरी, अन्तर्राष्ट्रिय मैथिली सम्मेलनका नेपाल प्रभारी एव् मैथिली भाषाका अभियानी रामभरोस कापडी (भ्रमर), वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डल, मैथिली समाज नेपाल बुटवलका अध्यक्ष मुखिलाल चौधरी, डा. रेवतीरमण लाल, डा. दीपक झा, मैथिली साहित्य परिषद् सप्तरीका अध्यक्ष अशोक झा, भारतका मैथिली अभियानी डा. वचकुन पासवानलगायतले पनि सम्बोधन गर्दै मैथिली भाषा र संस्कृतिको जर्गेनामा जोड दिएका थिए।

कार्यक्रम आयोजक समितिका सदस्य सचिव श्यामसुन्दर यादवद्वारा उद्घोषण गरिएको कार्यक्रमको बीच–बीचमा मैथिली भाषा, संस्कृति र कलाको महत्व झल्किने सन्देशमूलक सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुति गरिएको थियो।

सम्मेलन स्थलमा मैथिली भाषाका विद्वान् लेखकहरूद्वारा लेखिएको विभिन्न कृतिहरूको स्टल पनि राखिएको छ। उद्घाटन समारोहका व्रmममा मैथिली भाषा संस्कृति र कला क्षेत्रमा योगदान पु¥याउने नेपाल र भारतका मैथिली अभियानीहरूलाई मिथिला रत्न र मिथिला श्री पुरस्कारबाट सम्मान गर्नुका साथै मैथिली भाषामा लेखिएका विभिन्न नयाँ कृतिहरूको विमोचन पनि गरियो। सम्मेलनमा नेपाल र भारतका गरी २ सयभन्दा बढी मैथिली अभियानी अगुवाहरूको सहभागीता छ।

सम्मेलन शुरू हुनभन्दा पूर्वस्थानीय पब्लिक विन्देश्वरी मावि विद्यालयबाट हजारौको संख्यामा मिथिला संस्कृति र कला झल्किने झाँकीसहित सहभागीद्वारा नगरको विभिन्न भागको परिक्रममा गरिएको थियो।

२ दिनसम्म चल्ने सम्मेलनको दोस्रो दिन शनिबार विचार गोष्ठीको आयोजना गरी प्रदेश नं. २ मा मैथिली भाषालाई कामकाजको भाषा बनाउनुपर्ने विषयमा केन्द्रित भई कार्यपत्र प्रस्तुत गर्ने, नेपाल र भारतका विशिष्ट कवि र कवियत्री को सहभागितामा कवि गोष्ठी र सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने तय भएको सम्मेलनका प्रभारी रामभरोस कापडीले जानकारी दिएका छन्।

यस्तै सम्मेलनको अन्त्यमा मैथिली भाषा, साहित्य, संस्कृती र कलाको उत्थानको उचित अवसर र सम्मानका लागि सार्वजनिक प्रस्ताव पारित गर्दै राजविराज घोषणापत्र जारी गर्ने कार्यक्रमसमेत रहेको आयोजक मैथिली साहित्य परिषद् सप्तरीले जनाएको छ।