गतिरोध अन्त्य गर्न कांग्रेस नेतालाई राष्ट्रपतिको आग्रह

0
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, ऐनकानून र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै वर्तमान गतिरोध अन्त्य गर्न नेपाली काँग्रेससँग आग्रह गरेकी छिन । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालगायत काँग्रेसका शीर्ष नेतासँग राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले यस्तोे आग्रह गरेकी हुन । उक्त अवसरमा उनीहरुबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलगायत मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।