आलोपालो सरकारको नेतृत्व गर्ने एमाले–माओवादी सहमतिः प्रचण्ड

0
Shares

चितवन । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताएका छन । शुक्रबार चितवनमा पत्रकारहरुसँग अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको खुलासा गरेका हुन । पार्टी एकता संयोजन समितिको बैठक केहीदिनमा राखेर थप प्रक्रिया अघि बढाउने उनले बताएका छन । उनले निर्वाचन आयोगले समानुपातिकको नतिजाको तयारी गरिरहेको भन्दै सरकार गठनमा कुनै समस्या नरहेको बताए ।