लाप्राक नमुना बस्तीको ३२ प्रतिशत काम सकियो !



सन्तोष अधिकारी, गोरखा । गैरआवसिय नेपाली संघ एनआरएनएले निर्माण गरिरहेको लाप्राक नमुना बस्ती ३२ प्रतिशत काम सम्पन्न भएको छ । करिब एक अर्ब लगानीमा पाँच सय ७३ घर पुननिर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
एनआरएनएका निवर्तमान अध्यक्ष शेष घलेले आफ्नै कार्यकालमा पुननिर्माण सिध्याएर गाउँलेलाई हस्तान्तरण गर्ने भनिएपनि विगट भूगोल, कामदार अभाव लगायतका कारणले त्यो पुरा हुन सकेन । घलेले गत असोजमा घर हस्तान्तरण गर्ने बताएका थिए । अहिले सम्म पुर्ण रुपमा जम्मा २ वटा घर मात्रै पुननिर्माण भएका छन् । पुननिर्माणको अन्तिम चरणमा भने थुप्रै घरहरु रहेको लाप्राककी त्रिशिला गुरुङले बताईन ।
पहिरोको जोखिममा रहेको लाप्राक गाउँ भूकम्पका कारण थप जोखिममा परेको थियो । भूकम्पका कारण गाउँनै स्थानान्तरण गर्नुपर्ने भएपछि पाँचसय ७३ घर रहेको लाप्राकको पुननिर्माण गुप्सीपाखामा थालिएको हो । दुई घर पुननिर्माण भएका छन भने करिब चारसय घरको डिपिसी ढलान भएको छ ।
२०७३ साल बैशाख १२ गते गुप्सीपाखामा राष्ट्र पति विद्यादेवी भण्डारी, पुननिर्माण प्राधिकरणका तत्कालीन सिइओ गोविन्द पोखरेल, एनआरएनएका तत्कालीन अध्यक्ष घलेले घर बनाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । साथै केही सामुदायिक भवन निर्माणका लागि पनि विभिन्न क्षेत्रबा स्रोत सुनिश्चित भएको कार्यक्रममा जानकारी गराइएको प्रजिअ जितेन्द्र बस्नेतले बताए ।
कति भयो प्रगती ?
गुप्सीपाखा समुन्द्री सतहबाट करिब २८ सय मिटर उचाइमा रहेको ठाउँ हो । निर्माण हुने पाँच सय ५३ घर मध्ये अझै २५० घरको डिपीसी नै भएको छैन । अहिले सम्म करिब ३२ प्रतिशत काम सम्पन्न भएको साइड म्यानेजर इन्जिनियर दिपेश सिंहले जानकारी दिए । नेपाली सेनाबाहेक १५० जना काम दार पनि गुप्सी पुननिर्माणमा खटिरहेको सिंहले जानकारी दिए ।
गुप्सीमै उत्पादन हुन्छ आवश्यक इट्टा
एनआरएनएले पाँचसय ७३ वटा घर निर्माणका लागि गुप्सीपाखामा नै इटा तयार गरिरहेको छ । डिपिसी गरिएका तीनसय घरका लागि आबश्यक इट्टा तयार भइसकेको पनि कार्यक्रममा जानकारी गराइएको थियो । सोही ठाउँको माटो परिक्षण गरी एनआरएनले मेसिनहरु खरिदगरी इट्टा उत्पादन गरेको हो । इट्टा उत्पादनमा स्थानीय, नेपाली सेना र एनआरएन मार्फत लाप्राक आएका विदेशी स्वयमसेवकहरु खटिएका छन् । स्थानीयहरुले बस्ती निर्माणका लागि श्रमदान गरिरहेका छन् ।
लाप्राकको कमाण्ड सम्हालेर बसेका नेपाली सेनाका मेजर राजन ढकालका अनुसार १४५ जना नेपाली सेनाले नियमित काम गरिरहेका छन् ।
ढुङ्गा स्थानीयले जुटाएका छन् । गुप्सीमा रोजगारको सिलसिलामा बिभिन्न देशमा पुगेका गैरआवासीय नेपालीहरुले पनि विदामा आएर श्रमदान गरिरहेका छन् ।

निर्माण हुने घरमा वातावरण मैत्री छाना
गुप्सी पाखामा निर्माण हुने घरहरुमा वातावरण मैत्री जस्ताको छाना रहनेछन् । डिपिसीसम्म ढुङ्गामाटो, तल्लोतलामा इकोब्रिकको गारो र माथिल्लो तलामा ट्रिट गरिएको बाँस रहेछन् । बस्तीका लागि सरकारले १८.३२ हेक्टर क्षेत्रफल जग्गाको भोगाधिकार दिइसकेको छ । साथै स्वास्थ्य चौकी, साुमदायिक भवन, बस्तीभित्रको सडक लगायतका आबश्यक पूर्वाधारका लागि पनि स्रोत जुटाइरहेको जनाएको छ । त्यस्तै नयाँ बस्ती निर्माणाधिन गुप्सीपाखामा खानेपानीको ब्यवस्थाका लागि केयर नेपालले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाको समन्वयमा काम गरिरहेको छ । खानेपानीको काम पनि अन्तिम चरणमा पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्