नयाँ स्वास्थ्य भवन बनेपछी सेवाप्रवाहमा सजिलो

0
Shares

विनोद सिंह विष्ट, बैतडी । बैतडीमा दुर्गममा रहेका स्वास्थ्यसंस्थाका नयाँ भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रदान गर्न र सेवा लिन सेवाग्राहीहरुलाई सजिलो भएको छ । जिल्लाका ५ ओटा स्वास्थ्यसंस्थाका नयाँ आधुनिक भवन निर्माण भई सेवा समेत सुरु भईसकेको र १८ ओटा स्वास्थ्य संस्थाका भवन निर्माणाधिन अवस्थामा रहेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो । कुलाउ,सलेना, रीम,तल्लादेही र गाँजरी स्वास्थ्यचौकीका नयाँ भवन निर्माण भईसकेका छन् उहाँले भन्नुभयो“ नयाँ भवनबाटै स्वास्थ्य सेवा प्रदान भईरहेकोछ”
स्वास्थ्यको नयाँ भवन बनेपछि सेवा प्रदान गर्न सजिलो भएको गाँजरी स्वासथ्यचौकीका इन्चार्ज जनकसिह धामीले जानकारी दिनुभयो । स्वास्थ्यसंस्थाको पुरानो भवन हुँदा महिलाहरुको गर्भजाँच,सुत्केरी सेवा लगायतका सेवा प्रदान गर्न निकै अप्ठ्यारो हुने गरेको भएपनि नयाँ भवन निर्माण भएसंगै ती सेवाहरु सञ्चालन गर्न सजिलो भएको छ उहाँले भन्नुभयो “ भवनको अभावमा सबै सेवा एकै कोठामा दिनुपर्ने बाध्यताको अन्त्य भएको छ”
स्वास्थ्यको नयाँ भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रदान गर्न सजिलो भएको रीम स्वास्थ्यचौकीका इन्चार्ज महानन्द जोशीले बताउनुभयो ।
चालु आवमा थप १५ ओटा स्वास्थ्यका भवन निर्माण हुने
बैतडीमा चालु आर्थिक बर्षमा शंकरपुर स्वासथ्यचौकी, डिलाशैनी स्वासथ्य चौकी, विजयपुर स्वासथ्यचौकी, दशरथचन्द स्वास्थ्यचौकी, वसन्तपुर स्वास्थ्यचौकी, थालाकाँडा स्वास्थ्यचौकी, जोशीबुंगा स्वास्थ्य चौकी, न्वादेउ स्वासथ्यचौकी,देहीमाण्डौं स्वासथ्यचौकीका नयाँ भवन निर्माण हुनेछन् । यसैगरी न्वाली स्वास्थ्यचौकी,हाडाकोट स्वास्थ्यचौकी, उदयदेव स्वास्थ्यचौकी, केशरपुर प्राथमिक स्वासथ्य केन्द्र, हटैराज स्वास्थ्यचौकी र जिल्ला अस्पतालको स्टाफ क्वाटरको नयाँ भवन बन्नेछन् । गत आर्थिक बर्षमा बैतडीमा १२ ओटा स्वास्थ्यचौकीका भवन निर्माण कार्य शुरु गरिएका थिए । यो संगै बैतडीमा रहेका ६८ वटा स्वास्थ्य संस्थामध्ये ३८ स्वास्थ्य संस्थामा नयाँ भवन बन्ने भएका छन ।बाँकी रहेका ३० स्वास्थ्य संस्थाका भवन पनि अगामी बर्षमा नयाँ भवन निर्माणका लागी आग्रह गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले जानकारी दिनुभयो ।
स्वास्थ्य संस्थाका भवन निर्माणका लागि अधिकांश ठाउँमा स्थानीयबासीले जग्गादान गरि स्वास्थ्यसंस्थाको नाममा जमीन दिइसकेका छन् ।