मेसी र रोनाल्डोमा को उत्किृष्ट ? छुट्टयाउनै गाह्रो


काठमाडौँ,
ला लिगामा वर्षको अन्तिम खेल खेल्दै गरेका रियल म्याड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने पक्का छ ।

रियलका पोर्चुगेली खेलाडी क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीबीच तुलना सधैँ गरिन्छ । दुइ मध्ये सबभन्दा राम्रो को हुन् भन्ने विवादको उचित उत्तर छैन तर डिसेम्बर २३ मा हुने एल क्लासिकोमा यी दुई खेलाडीबीच अती उत्कृष्ट को भन्ने कुरामा चाहीँ सबै दुविदामा रहेको पाइन्छ ।

२०१७ लाई अहिलेसम्म फर्केर हेर्ने हो भने शीर्ष लिगहरुमा ५ खेलाडी वर्षको सबै भन्दा धेरै गोल गर्ने खेलाडीको दौडमा कायाम छन् । त्यसमध्ये हाल मेस्सी र रोनालल्डोले २०१७ मा समान ५३ गोल गरेका छन् । त्यस्तै बायर्न म्युनिखका रोबर्ट लेवानड्वोस्की पनि ५३ गोल गरेका छन् भने पिएसजीका इन्डिन्सन काभानीका नाममा ५२ गोल छ । यी सबै खेलाडीले १ खेल खेल्न बाँकी छ । त्यस्तै २०१७ मा इङ्लिस स्ट्राइगर ह्यारी केनको नाममा पनि ५० गोल छ ।

रोनाल्डोले ला लिगामा १९ गोल गरेका छन् भने मेस्सीको आंकडा उनको भन्दा धेरै छ । मेस्सीले २०१७ मा ला लिगामा ३९ गोल गरेका छन् । तर रोनाल्डोले च्याम्पियन लिगमा १९ गोल गर्दा मेस्सीले जम्मा ४ गोल मात्र गरेका छन् । त्यस्तै २०१७ मा रोनाल्डोले पोर्चुगलका लागि ११ गोल गर्दा मेस्सीले अर्जेन्टिनालाई ४ गोल मात्र गर्न सफल भएका छन् । त्यसैले अहिले सम्म मेस्सी र रोनाल्डोको २०१७ मा बराबर गोल छ ।

एल क्लासिकोमा गोल गर्दै एक अर्का लाई उछिन्ने अवसरसंगै सर्वोकृष्ट बन्ने सम्भावना पनि उनिहरुमा प्रष्टै देखिन थालेको छ ।
त्यस्तै लेवानड्वोस्की, काभानी र केनलाई पनि २०१७ मा शीर्षस्थानमा रहने अवसर छ । बायर्नले वर्षको अन्तिम खेलमा डर्टमाउन्डको सामना गर्दै छ भने पिएसजीले काएनको । त्यस्तै केनको टोटेनह्यामले बन्र्ली र साउथह्याम्प्टनसँग खेल्नेछ ।