राष्ट्रपतिको उम्मेदवारी दिने चाहना व्यक्त गर्ने सैनिक अधिकारीलाई ६ बर्ष जेल


काएरो । इजिप्टको सैनिक अदालतले आगामी बर्ष हुन गइरहेको इजिप्टको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन इच्छा प्रकट गर्ने सैनिक कर्नेल अहमद कोनसोवालाई मङ्गलबार छ बर्षको जेल सजाँय तोकेको छ ।

राष्ट्रपति अब्देल फताह अल सिसीसँग अर्को निर्वाचनमा प्रतिस्पर्धा गर्न यही डिसेम्बर २ गते सैनिक कर्नेल कोनसोवाले इच्छा प्रकट गरेका थियो ।
राष्ट्रपतिका कानूनी सुरक्षा अधिकारी असाद हैकलले सेनाको जागिरे रहेका कोनसोवाको निर्वाचन लड्ने घोषणा इजिप्टको कानून विपरित भएकोले उनलाई छ बर्षको काराबास सजाँय तोकिएको बताए ।

सैनिक सेवामा सक्रिय रहेको व्यक्तिले राजनीति गर्ने घोषणा गर्नु सैनिक कानूनको उल्लङ्घन हुने भएकोले सैनिक अदालतले उनलाई कारबाही स्वरुप जेल सजाँय तोकिएको हो । सिसीसँग प्रतिस्पर्धामा अर्का सम्भावित उम्मेदवार पूर्व तानाशाह हास्नी मुबारकको कार्यकालमा अन्तिम प्रधानमन्त्री रहेका अहमद साफिक छन । रासस