टेण्डर दर्तागर्दा निर्माण व्यवसायीबीच विवाद उत्पन्न भएपछि जोगबुडा तनावग्रस्त

0
Shares

राम धामी, जोगबुडा ।
डडेलधुरा स्थित परशुराम नगरपालिका कार्यालयले आह्वान गरेको टेण्डर दर्ताका क्रममा जोगबुडामा निर्माण ब्यबसायी बीच केहि समय तनाव उत्पन्न भएको छ ।

गत मंसिर ३ गते परशुराम नगरपालिका कार्यालयले आह्वान गरेको टेण्डर दर्ता गर्न गएका ब्यवसायी बीच विवाद उत्पन्न भएपछि मंगलबार जोगबुडा बजार केहिबेर तनावग्रस्त बनेको हो । सार्वजनिक सूचना जारी गर्दै टेण्डर आव्हान गरेको परशुराम नगरपालिकाको कार्यालयमा अन्तिम दिन टेण्डर दर्ता गर्न गएका व्यवसायी बीच झडपको स्थिति उत्पन्न भएपछि डडेल्धुराको जोगबुडा तनावग्रस्त बनेको थियो ।

निर्माण व्यवसायीहरुले स्वच्छ प्रतिष्प्रर्धाको वातावरण नभएको र टेण्डर दर्ता गर्ने काममा अवरोध उत्पन्न भएको भन्दै प्रहरीलाई गुहारे पछि समयमै घटनास्थल पुगेको प्रहरीले टेण्डर दर्तामा अवरोध गर्ने ब्यक्तिहरुलाई घटनास्थलबाट हटाएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।