महिला सहकारीले गाडी पायो

14
Shares

धनवीर दाहाल, रुकुम पुर्व । रुकुम पुर्वको भुमे गाँउपालिका ३ की मनकुमारी सुनारले सहकारी संस्था बनाउँदा गाडी नै पाइएला भन्ने ठानेकी थिइनन् । सामान्य आफ्नो वरपर कृषि गरेर आफुलाई खान पुर्याउने र बचेको सहकारी मार्फत बिक्री गर्ने सोच मात्र थियो । तर आफु अध्यक्ष रहेको कृषि सहकारी संस्थाले उत्पादन गरेको कृषि उपजलाई बजार सम्म पुर्याउन गाडी पाएपछि यतिबेला मनकुमारी लगाएत सहकारी संस्थामा आवद्ध महिलाहरु दंग छन् ।
रुकुम पुर्वको भुमे गाउँपालिका वडा नं. ३ स्थित मोरावाङमा रहेको नव गठित समृद्धि महिला कृषि सहकारी संस्थालाई गाडि हस्तान्तरण गरिएको हो । टिडिएच जर्मनको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुमको सहजीकरणमा सञ्चालित खाद्य सुरक्षा तथा वाताबरण संरक्षण परियोजना मार्फत पूर्वी रुकुमको मोवाङमा गाडि हस्तान्तरण गरिएको हो ।
विशेषगरी कृषि उपजहरुलाई बजारीकरण गर्ने उद्देश्यले समृद्धि कृषि सहकारी संस्थालाई गाडि हस्तान्तरण गरिएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिएका छन् । उनले भने, ‘दुर्गम गाउँमा उत्पादन हुने कृषि उपजहरु बजारीकरण नहुँदा स्थानीय किसानहरु मर्कामा परेका थिए ।’
महिला कृषि सहकारी संस्थाले गाडि प्राप्त गरेपछि त्यहाँ उत्पादन भएका ताजा तरकारी रुकुमको बजारी केन्द्रहरुमा सहज रुपमा पठाउन सकिने समृद्धि कृषि सहकारी संस्थाका अध्यक्ष मनकुमारी सुनार पुनले जानकारी दिएकी छिन् । उनले भनीन, ‘अब गाउँमा उत्पान भएका खाद्याबस्तुहरु मोरावाङ स्थित जीतखोलामा तरकारी संकलनको भवन समेत निर्माणको काम अन्तिम चरणमा पुगेको रुकुमेली समाज विकास केन्द्र खाद्य सुरक्षा तथा वातावरण संरक्षण परियोजना कार्यक्रम संयोजक उत्तम अर्यालले जानकारी दिएका छन् ।
पूर्वी रुकुमको तरकारी संकलन गरी पूर्वी रुकुमको सदरमुकाम रुकुमकोट, धाउने, बालुवा लगायत पश्चिम रुकुमका व्यापारी केन्द्रहरु मुसिकोट, सोलावाङ, झुल्नेटा, चौरजहारी, राडि लगायतका क्षेत्रमा विक्री वितरण गर्ने लक्ष्य राखिएको छ । रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपाली, भुमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिह श्रेष्ठ, हुरेड कार्स रुकुमका अध्यक्ष दामोदर गौतम लगायतको टीमले सहकारी संस्थाका अध्यक्ष मनकुमारी सुनार पुनलाई गाडिको साँचो हस्तान्तरण हुन् ।