धोबीखोला करिडोरको बिजोग, दुई वर्षमा तीन किमि मात्रै कालोपत्रे

0
Shares

सुरेश तामाङ, काठमाडौं
पछिल्लो दुई आर्थिक वर्षमा धोबीखोला करिडोरमा साढे ३ किमि सडक खण्ड मात्रै कालोपत्रे भएको छ। दायाँबायाँ गरी २४ किमि सडक कालोपत्रे गर्नुपर्ने धोबीखोला करिडोर सुधार आयोजनाले पछिल्लोपटक साढे ३ किमि मात्रै कालोपत्रे गरेको हो।

अन्तर निकायबीच समयमै समन्वय हुन नसक्दा तोकिएको लक्ष्यअनुसार कालोपत्रे गर्न ढिलाइ भएको आयोजनाले जनाएको छ।

आयोजनाका प्रमुख दीपक श्रेष्ठले अन्तर निकायबीच समयमै हुनुपर्ने समन्वयको अभाव हुँदा तोकिएको लक्ष्यअनुसार कालोपत्रे गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सडकमा बिछइउनुपर्ने ढल पाइप समयमै बिछइउन ढिलाइ गर्दा सकड कालोपत्रे गर्न ढिलाइ भएको छ। उहाँले भन्नुभयो– ‘म आउनुअघि समन्वय हुन नसकेर काम रोकिएको रहेछ। म आएपछि समन्वयमा काम भइरहेको छ। अहिले काम रोकिएको छैन।’

अहिले वाग्मती सभ्यताले पनि ढल बिछइइरहेको उहाँले बताउनुभयो। वाग्मती सभ्यताले ढल बिछइउन सकेको ठाउँमा ठेक्का लगाउँदै कालोपत्रे गरिरहेको छ। आयोजनाले तत्कालै कालोपत्रे गर्न ५ सय मिटर सडक खण्डलाई तयारी अवस्थामा राखेको जनाएको छ। आयोजनाले भंगालदेखि सेतोपुल पूर्व र भंगालदेखि यूएनपार्क अफिससम्म मात्रै कालोपत्रे गर्न सकेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो।
वाग्मती सभ्यताका एक अधिकारीले करिडोरमा ८० प्रतिशतभन्दा बढी ढल पाइप बिछइउने काम सम्पन्न गरेको जानकारी दिए। वाग्मती सभ्यताले चाबहिलदेखि वाग्मतीको दोभानसम्म दायाँबायाँ ६⁄६ किमि गरी १२ किमि भागमा ढल पाइप बिछइउनुपर्नेमा सबैजसो भागमा सकेको जनाएको छ।

हरियो पुल भत्केर बन्दै गरेको र कालो पुल पुरै भत्काउनुपर्ने भएकाले वाग्मती सभ्यताले अझै पनि ढल पाइप बिछइउन पाएको छैन। वाग्मती सभ्यताले यसका लागि सडक विभागसँग समन्वय गरिरहेको जनाएको छ।
त्यस्तै निर्माणको काम थालेको १३ वर्ष बितिसक्दा समेत धोबीखोला करिडोरको काममा सन्तोषजनक नदेखिएकामा आयोजनाले बेलाबखत आलोचना खेप्दै आइरहेको छ। करिडोरमा अझै पनि सहज तरिकाले सवारी गुडाउन सकिएको छैन।

समयमै बजेटको अभाव, स्थानीयको अवरोध, अन्तर निकायबीच समन्वयको अभावलगायतले गर्दा कोरिडोरको निर्माणमा ढिलाइ भएको आयोजनाका प्रमुख श्रेष्ठले बताउनुभयो।

यसको निर्माण कार्य २०५९ सालदेखि नै थालिएको थियो। तर बल्ल आर्थिक वर्ष २०६७⁄०६८ देखि मात्रै निर्माणको कामले केही गति लिन थाल्यो। काम उही कछुवाकै गतिमा हिँडिरह्यो।

हालसम्म यस आयोजनाले ३५ करोड निकासी गरेर २० करोड खर्च गरिसकेको छ भने आयोजनालाई वार्षिक ६० करोड आवश्यक रहेको आयोजना प्रमुख दीपक श्रेष्ठले जानकारी दिनुभयो। काठमाडौं उपत्यकाको भित्री रि·रोड विकास गरी सवारी व्यवस्थापन तथा शहरी विकासका लागि धोबिखोला कोरिडोरको निर्माण भइरहेको छ।

काठमाडौं महानगरपालिकालगायत उपत्यकामै बढ्दै गइरहेको शहरी विकास सँगसँगै बढ्दो सवारी चापलाई व्यवस्थित गर्न यस कोरिडोरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जानकारहरू बताउँछन्।

त्यस्तै गरी, धोबिखोलामा हाल भइरहेको अनियन्त्रित खोलाको अतिक्रमण र बस्ती विस्तारलाई व्यवस्थित गरी वातावरणीय सुधार गर्ने ध्येय रहे पनि निर्माणको काम भने धिमा गतिमा अघि बढिरहेको छ। जापानी सहयोगी संस्था जाइकाको सन् १९९३ को अध्ययन प्रतिवेदनअनुसार भित्री रि·रोडको पूर्वतर्फको अंशको रूपमा धोबिखोला कोरिडोर सुधार आयोजनालाई प्रस्ताव गरिएको थियो।