तस्कर र ठेकेदारलाई टिकट बेच्दा कांग्रेसको पराजय

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका टिकट ठेकेदार, डन र तस्करहरुलाई दिएका कारण पनि पराजयको सामना गर्नुपरेको हो । कांग्रेस नेतृत्वले ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम), मोहन आचार्य, राजु थापा, इन्द्र बानियाँदेखि गुण्डानाइके गणेश लामा, हेमकर्ण पौडेल, मीनकृष्ण महर्जनहलाई प्रतिनिधिसभा र प्रदेशसभामा टिकट दियो । मोहन आचार्यले पैसाको बलले चुनाव त जिते तर त्यहाा पार्टीको संगठनको अवस्था जस्ताको तस्तै छ । मोहन आचार्य जस्तालाई टिकट दिंदा राजनीति थप विकृत बन्दै जाने कुरामा पार्टीले ध्यान पु¥याउन सकेन । रामेछापमा कान्छारामले टिकट लिएर गए । उनले पनि पैसाको तुजुक देखाए । केही बढी भोट ल्याए तर जित्न त सकेनन् । वाम गठबन्धनको स्थिर सरकार र समृद्धिको नारालाई काउन्टर गर्ने कांग्रेससँग कुनै एजेन्डा नै नभएजस्तो भयो । वाम गठबन्धनले कांग्रेसले प्रधानन्यायाधीशमाथि महाभियोग लगाएको, बरिष्ठलाई आइजीपी नबनाएर प्रहरी संगठन ध्वस्त बनाएको आरोपको तर्कसंगत खण्डन गर्न सकेन । यस्ता आरोपको राजनीतिक प्रतिवाद गर्न गर्नसक्ने कांग्रेस कार्यकर्तालाई टिकट नदिई गुण्डा, ठेकेदार र तस्करहरुलाई दिइयो । एक किसिमले टिकट नेताहरुले बिक्री गरे ।
कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलदेखि सकेसम्म सबैले टिकट बिक्री गरे । एउटालाई मात्र दोष दिने ठाउँ छैन । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा जीवनभर कांग्रेसको राजनीति गरेका कृष्ण न्यौपानेहरुलाई बलि दिएर तस्करहरु विष्णुबहादुर खत्री र राजेन्द्र श्रेष्ठलाई टिकट दिएपछि प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा पराजित हुनुपरेको दृष्टान्त समेत दिन थालिएको छ । सिन्धुपाल्चोक कांग्रेसका नेता तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले तस्करको बलमा पैसा खर्च गरेर चुनाव जित्ने सपना देखेका थिए । जुन ठ्याक्कै उल्टो भएको छ । विवादास्पद पूर्वसहसचिव भरतराज सुवेदीले रामचन्द्र पौडेललाई समेत दक्षिणा दिएर खत्री र श्रेष्ठलाई सिन्धुपाल्चोक १ को प्रदेशसभामा उम्मेदवार बनाएका थिए । पौडेलले आफ्नो गुटमा लागेका इमान्दार कार्यकर्ता न्यौपाने र भूपेन्द्र थापालाई बलि चढाएर घुस पाएपछि तस्करलाई टिकट दिने कुरामा सहमति जनाएका थिए । तस्करलाई उम्मेदवार बनाएर पैसाको बलमा चुनाव जित्ने सपना देखेका मोहन बस्नेत करिब १० हजार बढी मतले हारेका छन् ।
यस्तै डन गणेश लामा काभ्रेको प्रदेशसभाबाट पराजीत भएका छन् । काभ्रेको प्रतिनिधिसभाबाट तीर्थ लामा पनि हारेका छन् ।