सर्वोच्च अदालतद्वारा ट्रम्पको समर्थनमा आदेश


वासिंगटन, (एजेन्सी)
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषतः विश्वका छ वटा मुश्लिम राष्ट्रमाथि लगाएको भ्रमण प्रतिवन्धलाई पूर्ण रूपमा लागू गर्न आदेश दिएको छ। यस सम्बन्धी यसअघिका सम्पूर्ण कानुनी चुनौतीलाई मुल्तबीमा राखिएको छ।

अदालतको यस निर्णयले ट्रम्पको चाद , इरान , लिविया , सोमालिया र यमनका नागरिकलाई अमेरिका भ्रमण माथ प्रतिबन्ध लगाउने नीतिलाई बल पुगेको छ। ट्रम्प सत्तामा पुगे यता यस विषयमा अदालतले दिएको यो तेस्रो आदेश हो।

ट्रम्पको उक्त नीतिमाथि तल्लो अदालतहरूबाट लगाइएको प्रतिबन्ध सर्वोच्चका नौमध्ये ७ जना न्यायाधीशले फुकुवाको निर्णय गरेका हुन्। लिवर न्यायधिशद्वय रुथ ब्याडर गिन्सवर्ग र सोनिया सोटोमेयरले मात्र उक्त प्रतिबन्ध कायम राख्ने निर्णय दिएका छन्।

क्यालिफोर्नियाको सान फ्रान्सिस्स्थित संघीय पुनरावेदन अदालतहरूले यसैसाता ट्रम्पको नीतिमाथि गरिएको पछिल्लो निर्णय वैधानिक छ वा छैन भन्नेबारे सुनुवाई गर्ने भएका छन्। सर्वोच्च अदालतले ति अदालतले पनि आफ्नै पक्षमा निर्णय दिने आशा गरेको छ।

अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसका प्रवक्ता होगान गिड्लीले सर्वोच्चको निर्णयबाट व्हाइट हाउस आश्चर्यमा नपरेको बताएका छन्। यसैबीच अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले सर्वोच्चको यो निर्णय अमेरिकी जनताको बचावट र सुरक्षाको विजय भएको प्रतिक्रिया दिएका छन्। तर अमेरिकी जन मुक्ति संघ (एसीएलयु) ले ट्रम्पले हालै गरेका ट्विटबाट पनि उनको इस्लाम विरुद्ध पूर्वाग्रह रहेको जनाएको छ।