समलिंगीको कामना

0
Shares

लन्डन, (एजेन्सी)
एक जना एङ्ग्लिकन मिनिस्टर ब्लोग पोस्टमा राजकुमार जर्ज समलिंगी होस् भनी ‘ह्दयदेखि प्रार्थना’ गरेको आफ्ना टिप्पणी भाइरल भएपछि चर्चामा रहेको छ। स्कटिस एपिस्कोपल चर्चका कल्विन होल्ड्सवर्थले उक्त पोस्ट शुरूमा दुई वर्षअगाडि लेखेका थिए। अहिले उनका ती शब्दहरू ट्विटर र अन्य कयौं सञ्चारमाध्यममा पुनः देखिएका मात्र हुन्। न्युयोर्क टाइम्स, द गार्डियन र टाइमले गत हप्ता ४ वर्षीय जर्जका काका राजकुमार ह्यारीले एक अमेरिकी अभिनेत्री मेगन मार्कलसँग इंगेजमेन्ट गरेको घोषणापछि उक्त कुरा कोट्याएका हुन्। चर्च अफ इंग्ल्यान्डले समलिंगी विवाहलाई मान्यता नदिएको प्रसंगमा उक्त कुराले चर्चा पाएको हो।