डाक्टरका जागिर चट


नयाँदिल्ली, (एजेन्सी)
भारतको राजधानी नयाँदिल्लीस्थित एउटा अस्पतालमा गल्तीवश नवजात शिशुलाई मृत घोषित गरेकाले २ जना डाक्टरले जागिर गुमाउनुपरेको सञ्चारमाध्यमले सोमबार जनाएको छ। निजी अस्पताल म्याक्स हस्पिटलका डाक्टरहरूले नवजात शिशुलाई ३० नोभेम्बरमा उनका जुम्ल्याहा भाइ जन्मेको घण्टौंपछि मृत घोषित गरेका थिए। बच्चाको अन्त्येष्टि गर्न जाँदै गर्दा आमा बुबाले बच्चा जिउँदै रहेको चाल पाएका थिए। यस घटनाले सरकारीको तुलनामा अत्यन्तै महँगो मानिने निजी अस्पतालको विश्वसनीयतामाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ। सरकारले पनि यस घटनाको छानविन गरिरहेको छ।