तेह्र व्यक्ति वेपत्ता


सोल, (एजेन्सी)
दक्षिण कोरियाको समुद्री तटमा आइतबार एउटा माछा मार्ने सानो जहाज ३ सय ३६ टनको अर्को टइंकरसँग ठोकिँदा कम्तीमा १३ व्यक्तिको ज्यान गएको छ। दक्षिण कोरियोका तटरक्षकहरूले दुई जना अझै हराइरहेको तथा खोजी र उद्धारकार्य जारी रहेको बताएका छन्। दुर्घटनाको समयमा सियोनचांग– १ नामक माछा मार्नकै लागि चार्टर गरिएको उक्त जहाजमा चालक दलका दुई जना सदस्य र अन्य बीसजना यात्रु सवार रहेको बताइएको छ। यिओन्गहेुंग टापुनजिकको भन्चेयोनको दक्षिणपश्चिमी जलीय क्षेत्रमा सैनिक हेलिकोप्टरहरू र दर्जनौ जहाज खोजीकार्यमा रहेका छन्।