वार्ता प्रस्तावको स्वागत


साना, (एजेन्सी)
यमनस्थित साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन फौजले आइतबार त्यहाँका पूर्वराष्ट्रपति अली अब्दुल्लाह सालेहद्वारा समस्या समाधानका लागि राखेको वार्ताको प्रस्तावको स्वागत गरेको छ। सालेहका फौज र गठबन्धन फौजबीच लामो समयदेखि युद्ध हुँदै आएको छ। गठबन्धन फौजले सालेहको इरान समर्थित लडाकूहरूबाट राष्ट्रलाई मुक्त पार्ने विचारको स्वागत गरिएको एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ। सालेहले उत्तरी यमनमा लागाइँदै आएको नाकाबन्दी हटाइएको र आक्रमण रोकिएको खण्डमा आफू सम्झौता गर्न तयार रहेको बताएका थिए।