जकरवर्ग पीडित


सियाटल, (एजेन्सी)
अलास्का एयरलाइन्सले फेसबुककी पूर्वकार्यकारीलाई एक यात्रीबाट अभद्र व्यवहार गरेको मामिलामा जाँच गरिरहेको जनाएको छ। ती पीडित यात्री मार्क जकरवर्गकी दिदी रेन्डी जकरवर्ग हुन्। उनले गत बुधुबार लस एन्जलसबाट मेक्सिकोको उडानका क्रममा उक्त दुव्र्यवहार भएको विषयमा सामाजिक सञ्जालमा उल्लेख गरेकी थिइन्। आफूसँगै बसेका ती व्यक्तिले फस्र्ट क्लासमा बसेका र आफूमाथि लगातार भद्दा टिप्पणी गरिरहेकाले उडान कर्मचारीलाई गुनासो गरेको तर उनीहरूले ती व्यक्ति त्यस्तै स्वभावको भएको बताउँदै आफूलाई नै अर्को सिटको व्यवस्था गरेको बताइन्। यसले आफूलाई अत्यन्तै दुःख लागेको जकरवर्गले बताइन्।