प्रचण्डको तीनबुँदे सहमति


काठमाडौं, (नेस)
आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाँदरमुढे घटनाका पीडितसँग तीनबुँदे सहमति गर्नुभएको छ।

उहाँले सहमतिपत्रमा बाँदरमुढे घटनामा मृत्यु भएकाको आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगारी तथा स्वरोजगार, काम गर्न नसक्नेका लागि जीवनवृत्ति र बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

बाँदरमुढेमा १० बिगाह क्षेत्रफलमा स्मारक, नमुना संग्रहालय तथा चिडियाघर निर्माण गर्ने र माडीकै प्रमुख पर्यटकीयस्थल बनाउने सहमति पनि प्रचण्ड र पीडितहरूबीच भएको छ। सहमतिपत्रमा प्रचण्ड र पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, विकास लामिछाने र हरि न्युरेले हस्ताक्षरसमेत गरेका छन्।