क्षेप्यास्त्र हमला


जेरुसेलम, (एजेन्सी)
इजरायलले शुक्रबार राति सिरियाली राजधानी दमास्कसनजिकको एउटा सैनिक अखडामा जमिनबाट जमिनमा मार हान्ने क्षेप्यास्त्रहरू प्रहार गरेको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ। उक्त आक्रमणमा निकै क्षति पुगे पनि दुईवटा क्षेप्यास्त्र भने खसालिएको बताइएको छ। तर इजरायली सेनाले भने सो आक्रमणको पुष्टि गरेको छैन। संयुक्त अधिराज्यस्थित सिरियाली मानव अधिकार मामिला हेर्ने निकायले पनि दमास्कसनजिक थुप्रै विस्फोटनका आवाज सुनिएको र इजरायली क्षेप्यास्त्र आक्रमण भएको हुनसक्ने जनाएको छ। यस आक्रमणमा त्यहाँको हतियार भण्डार नष्ट भएको बताइएको छ।