सालेहको प्रस्ताव


साना, (एजेन्सी)
यमनका पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहले शनिबार आफ्नो फौजले वर्षौंदेखि लडिरहेकोबारे साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धनफौजसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन्। उनले यमनको सरकारी टेलिभिजनलाई यदि सो गठबन्धन फौजले उत्तरी यमनमाथि लगाएको नाकाबन्दी हटाउने र आक्रमणहरू रोक्ने हो भने आफू नयाँ परिस्थिति सिर्जना गर्ने उद्देश्यले वार्ताका लागि तयार रहेको बताएका हुन्। सालेहका फौज र उनको पूर्वगठबन्धन हौथी लडाकूबीचको युद्धले विकराल रुप लिन थालेपछि उनले यो प्रस्ताव अघि सारेका हुन्।