विवेकहीन सजाय

0
Shares

अरुणाञ्चल, (एजेन्सी)
भारतको पूर्वीराज्य अरुणाञ्चल प्रदेशको एक स्कुलका ३ महिला शिक्षकमाथि छात्राहरुलाई जबरजस्ती लुगा फुकाल्न लगाएको आरोप लागेको छ। ती शिक्षकहरुले सजायस्वरूप सबैको अगाडि ८८ जना छात्रालाई लुगा फुकाल्न लगाएको प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। पापुम जिल्लाको न्यु सागली स्थित कस्तुरबा गान्धी बालिका विद्यालयमा नोभेम्बर २३ मा उक्त घटना भएको हो। सागली स्टुडेन्ट युनियनले स्कुलका ती ३ शिक्षक विरुद्ध सागली थानामा उजुरी दिएका थिए। प्रहरीले १४ जना छात्राको मात्र लुगा खोल्न लगाएको जानकारी दिएको छ।