मेला–२ बन्ने

0
Shares

फिल्म मेलाले व्यापारिक सफलता हासिल गरेपछि मेला–२ नाममा अर्को फिल्म बन्ने भएको छ। मेलाका लेखक, निर्माता तथा सहनिर्देशक हरि पन्तले मेला–२ बनाउने भएका हुन्।

केहीअघि त्यान्द्रो, सकस र रोमियोसँगै भिडन्तमा उत्रिएको मेलाले ती तीनै फिल्मभन्दा राम्रो कमाइ गर्न सफल भएकाले मेला–२ बनाउन लागेको निर्माता हरि पन्तले जानकारी गराएका छन्। आगामी माघ १ गतेदेखि मेला–२ को छायांकन गरिने उनले बताए। उनकै पटकथामा बन्ने सो फिल्मका कार्यकारी निर्माताका रूपमा यज्ञराज कार्की रहनेछन्। कलाकार भने चयन गर्न भने बाँकी रहेको पन्तले जानकारी गराए। १० वर्षअगाडि सुपरस्टार राजेश हमाल र कोमल वलीलाई लिएर राजनीति नामक फिल्मको निर्माण गरेका पन्तको सो फिल्मले राम्रो कमाइ गर्न सकेको थिएन। आमेश भण्डारी, सलोन बस्नेत र आशिस्मा नकर्मीलाई लिएर बनाएको मेलाले सन्तोषजनक सफलता दिएकाले आफू उत्साहित भएको र मेला–२ बनाउन लागेको उनले बताए। मेला–२ ले भिन्नै कथावस्तु बोकेर आउनेसमेत उनले जानकारी गराए।