गुल्मीमा कांग्रेस नेताहरु चढेको गाडीलाई लक्षित गरी बम विष्फोट



अनिल खत्री, गुल्मी ।
गुल्मीको मुसिकोट नगरपालिका १ नेटा थामामा नेपाली कांग्रेसका नेताहरु चढेको गाडीलाई लक्षित गरी बम विष्फोट भएको छ ।

सोमबार बिहान पौदीअमराईबाट दलिङ्गको मा हुने चुनावी कार्यक्रमका लागी जाँदै गरेका नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र कांग्रेसका क्षेत्रीय सभापति भगत खडका चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको हो । बम विष्फोटबाट कुनै क्षति भने भएको छैन ।

गुल्मी क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार चन्द्र केसीलाई लक्षित गरेर बम विष्फोट गराईएको बुझिएको छ तर उनी भने परेनन । उनिहरु सवार गाडीलाई लक्षित गरे पनि सवै सकुशल रहेको क्षेत्रिय सभापति खडकाले जानकारी दिए ।

गाडी भन्दा करिव ५ मिटर पछाडी ठुलो स्वरको आवाज सहितको बम पडकिएको खड्काले जानकारी दिए । उनले बम बम विष्फोट पछी प्रहरीलाई खबर गरेको जानकारी दिए ।

घटनास्थलमा प्रहरी जादै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । घटनाको बारेमा थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्