ताप्लेजुङको याङ्मामा मतदान सम्पन्न, २८.१ प्रतिशत मतदान

0
Shares

रविन भट्टराई, ताप्लेजुङ ।

ताप्लेजुङको अति दुर्गम मानिएको फक्ताङ्लुङ ७ को याङ्मा केन्द्रमा मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्किका अनुसार ५७ मतदाता रहेको याङ्मा आधारभुत विद्यालयको केन्द्रमा मतदान सम्पन्न भएको हो ।

त्यस केन्द्रमा १६ मत खसेको छ । जसमा ११ पुरुष र ५ महिलाले मतदान गरेका थिए । सो केन्द्रमा २८.०१ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत कार्किले जानकारी दिनुभयो ।

सो केन्द्रको मतपेटिका भोलि नेपाली सेनाको हेलीकोप्टरबाट सदरमुकाम ल्याउने तयारी भएको उहाँले बताउनुभयो ।