०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउन टेलिकमको आग्रह



नेपाल समाचारपत्र, काठमाडौ ।
नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन सबैलाई आग्रह गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका
अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको फोन नउठाउन आग्रह गरेको छ ।

विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने क्रम बढेको छ । यसरी ठगहरुले अनेक प्रकारका प्रलोभन देखाएर बैंकमा पैसा पठाउन लगाउने र ठग्ने गरेको टेलिकमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्