संखुवासभामा ३ बजेसम्म ६० प्रतिशत मतदान सम्पन्न

0
Shares

ईन्द्र गिरी,संखुवासभा ।

संखुवासभामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा ३ बजे सम्म करिव ६० प्रतिशत मतदान भएको मुख्य निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभा जिल्लाका सवै मतदान केन्द्रमा शान्तिपुर्ण र उत्सााहसाथ भई रहेको बताईएको छ । जिल्लाका केहि मतदान केन्द्रमा भने अहिले ३ बजे सम्म निकै घिड देखिएको छ ।

१ प्रतिनिधिसभा र २ प्रदेशसभा सदस्य रहेको जिल्लामा १ लाख ५ हजार ८५ मतदाता रहेका छन । जिल्लामा १ सय ३ मतदान स्थल र १ सय ५३ मतदान केन्द्रमा करिव ५० प्रतिशत देखि ६५ प्रतिशत सम्म मत खसेको बताईएको छ । जिल्लामा ३५ अति सम्वेदन शिल, ४५ सम्वेदनशिल र २३ साधरण सुरक्षा निकायले अड्कल गरे पनि कुनै पनि केन्द्रमा अप्रिय घटना नभएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले बताउनु भयो ।

यसै विच प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा शहरी विकास मन्त्रि एवं संघिय प्रतिनिधि समानुपातिक उमेद्धवार दिलनाथ गिरीले धर्मदेवि नगरपालीका स्थित आखिभुई केन्द्रबाट मतदान गर्नु भएको छ भने पुर्व खानेपानी राज्य मन्त्रि एवं प्रतिनिधिसभा उमेद्धवार दिपक खड्काले धर्मदेवि नगरपालीकाको आखिभुई केन्द्रबाट मतदान गर्नु भएको छ ।

यसै गरि बाम गठबन्धन बाट प्रतिनिधिसभा उमेद्धवार एमालेका राजेन्द्र गौतमले चैनपुर नगरपालीकाको चैनपुरबाट मतदान गर्नु भएको छ । संखुवासभा जिल्लामा नेपाली काग्रेस र बाम गठबन्धन विच कडा प्रतिशपर्धा हुने देखिएको छ । जिल्लामा प्रत्यक्ष प्रतिनिधिसभामा १० दल र प्रदेशसभामा ८ दलका उमेद्धवार रहेका छन ।