मतदानको लागि जाँदै गर्दा बाटैमा युवतीको मृत्यु

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।
दोलखाको तामाकोसी गाँउपालिका वडा नम्बर ६ च्यामाको महेन्द्र मावि मतदान केन्द्रमा मतदानको लागि गएकी एक महिलाको हर्ट अट्याकबाट मृत्यु भएको छ ।

स्थानिय देवी फुँयालका अनुसार मतदानको लागि मोटरसाईकलमा मतदान स्थल जादै गर्दा च्यामा माझगाँउकी २५ बर्षिय निर्मला फुँयालको बाटोमै मृत्यु भएको हो । फुयाल मुटुरोगी भएको देवीले बताए ।

मुटुमा प्वाल परेर विरामी रहेकी निर्मलाको मतदान स्थल नपुग्दै मृत्यु भएको थियो ।