बम भेटिएपछि ताप्लेजुङको आठराईमा मतदान स्थगित

0
Shares

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा ३ को सरस्वति मावि हाम्पाङमा १ घण्टाको लागि मतदान कार्य स्थगित गरीएको छ ।

सो मतदान केन्द्रको नजिकै प्रेशर कुकर वम फेला परेका कारण मतदान स्थगित गरिएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र वहादुर वस्नेतले जानकारी दिए ।

सो स्थानमा नेपाली सेनाले वमलाई निष्क्रिय वनाउने तयारी गरिरहेको वताईएको छ ।

मतदान गर्नको लागि आउने मतदाताहरुको भने सामान्य उपस्थिति रहेको वताईएको छ । यसैविच अन्य मतदान स्थल हरुमा भने शान्ति पूर्ण रुपमा मतदान कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी मोहन वहादुर जिसीले जानकारी दिए ।

जिसीले हाम्पाङमा भएको वमलाई केहि समयमै सेनाले निष्क्रिय पार्ने भएकाले केहि समय पछि सहज रुपमा मतदान कार्य सुरु हुने भएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरे ।