खोटाङमा १ सय ६ बर्षिय मतदाताबाट मतदान, मतदान जारी


रामधन राई, खोटाङ ।

ंखोटाङमा १ सय ६ बर्षिया बयोबृद्घा नागरिकले मतदान गर्नुभएको छ । जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारका मणिसुन्दर बजिमयले सोही नगरको सरस्वती माबिको (ख)केन्द्रबाट प्रदेश तथा प्रतिनिधिसभाका निर्बाचनमा मतदान गर्नुभएको हो ।

गाडीबाट मतदान स्थलसम्म ल्याईएको बजिमयले आफन्तको सहयोगमा आफैले मतदान गर्नुभएको हो । उहाँले स्थानीय तहको निर्बाचनमा पनि मतदान गर्नुभएको थियो ।
१ सय ७९ मतदान केन्द्र रहेको जिल्लामा बिहानैदेखि शान्त वाताबरणमा निर्बाद ढंगबाट मतदान भईरहेको जिल्ला निर्बाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । ७ बजेदेखि नै शुरु भएको मतदान कार्य ११ बजेसम्ममा १७ प्रतिशत बढी सम्पन्न भईसकेको जनाईएको छ । कूल १ लाख २५ हजार १ सय ८३ मतदाता रहेको जिल्लामा ७० प्रतिशत भन्द्या बढी मत खस्ने अनुमान गरिएको जिल्ला निर्वाचन अधिकारी खत्रीको भनाई छ ।

प्रतिनिधि सभाका लागि एक र प्रदेशको लागि दुई क्षेत्र रहेको जिल्लामा जम्मा १९ जना उम्मेदवार चुनाबी मैदान उत्रिएका छन् । जिल्लामा बाम र लोकताान्त्रिक गठबन्धनको प्रतिस्पर्धा हुने आँकलन छ ।