रुकुम पश्चिमको आठबिसकोटमा ५ वटा बम बिस्फोट, स्थानीय त्रसीत

0
Shares

धनवीर दाहाल, रुकुम ।
शान्तिपुर्ण रुपमा मतदान भइरहेको अवस्थामा मतदातालाई तर्साउन रुकुममा बम बिस्फोट गराइएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका–७ मा रहेको मनकामना प्राथमिक विद्यालय चुर्ती पाखामा रहेको मतदानस्थल र र सोही स्थानको वडा नं ८ बयलडाँडामा रहेको बयलीगाउँ प्राथमिक मतदान केन्द्रमा मतदाता तर्साउन बम विस्फोट गराइएको छ ।

प्रभावित बनाउन यसो गरिएको हुनसक्ने भएपनि मतदातामा भने यसको कुनैपनि त्रास नपरेको चुर्तीपाखा मतदान स्थालका मतदान अधिकृत मानविर ओलीले बताएका छन् । उता बयलीगाउँ मतदान स्थालका मतदान अधिकृत भिमबहादुर बुढाथोकीले पनि यसको कुनै प्रभाव नपरेको बताएका छन् ।

चुर्तीपाखाँमा तीन वटा र बयलडाडाँमा दुईवटा गरी पाँचबटा बम विस्फोट गराइएकोे स्थानीयले बताएका छन । जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले भने यस बारेमा प्रहरीलाई कुनै जानकरी नभएको र सबै मतदान स्थालमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताएका छन् ।