दोलखाको जामुने मतदान केन्द्रमा बुथ कब्जाको प्रयास

0
Shares

दोलखा ।
दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको जामुने मतदान केन्द्रमा मतदान केन्द्र नै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ ।
बुथको सुरक्षा लागि सुरक्षामा थप कडाई गरिएको छ ।

स्थानीय तहको चुनावमा पनि बुथ कब्जा गर्न खोज्दा तनाव भएको थियो नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु भएको स्थानिय बासिन्दाले बताएको हाम्रा समाचारदाता ले जानकारी दिएका छन् ।

बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीहरूले टाढाबाट गुलेलीले ढुङगा प्रहार गरिरहेकोले थप सुरक्षा माग गरिएको जनाइएको छ ।