अनु तेस्रोलिंगीका रूपमा

0
Shares

नायिका अनु शाह तेस्रोलिंगीका रूपमा देखिएकी छिन्। गायक तुलसी शिवाकोटीको हालै सार्वजनिक म त मान्छे सीधा साधा बोलको आधुनिक गीतको म्युजिक भिडियोमा अनुले तेस्रोलिंगीको भूमिका निर्वाह गरेकी हुन्।

सूर्य खत्रीको शब्द रहेको रोमान्टिक शैलीको गीतमा अनुको साथमा गायक शिवाकोटीले नै अभिनय गरेका छन्। लीला शिवाकोटीको संगीत र निरज श्रेष्ठको एरेन्ज रहेको गीतको म्युजिक भिडियो रोमान्टिक शैलीमा निर्माण भएको छ।

उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादक निशान घिमिरे हुन्। डेढ दर्जन बढी फिल्ममा नायिकाको भूमिका निर्वाह गरेकी अनु पहिलोपटक म्युजिक भिडियोमा तेस्रोलिंगीका रूपमा देखिएकी हुन्।