जरिनको नजरमा आफ्नै फिल्म अश्लील

0
Shares

हालै फिल्म अक्सर–२ मा देखिएकी बलिउड अभिनेतृ जरिन खान एक नयाँ विवादमा घेरिएकी छिन्। यस विवादको कारण भने हालै उनले दिएको अभिव्यक्ति हो। यो अभिव्यक्तिपछि फिल्मका प्रोड्युसर र उनीबीच टकराव आएको छ।

एक बलिउड अनलाइनले जनाएअनुसार जरिनले आफ्नै फिल्मलाई अश्लील फिल्म भनेकी छिन्। जसका कारण फिल्म प्रोड्युसर नरेन्द्र बजाजसँग उनको टकराव भएको हो। जरिनका अनुसार उनलाई फिल्म खेल्नुअघि यो फिल्म पारिवारिक हुन्छ भनिएको थियो तर उनलाई प्रत्येक फ्रेममा कमभन्दा कम कपडा लगाउन भनियो। उनको यस्तो अभिव्यक्तिपछि फिल्मको प्रोड्युसर उनीसँग निकै रिसाए र अब उनलाई अदालतमा तान्ने सोच बनाइरहेका छन्। बजाजका अनुसार जरिनसँग पहिले नै फिल्मको कहानीबारे चर्चा गरिएको थियो र त्यस समयमा उनले कुनै पनि सवाल उठाएकी थिइनन्।

जरिन छोटो कपडामा ठूलो पर्दामा देखिएको यो पहिलोपटक भने होइन। फिल्म हेट स्टोरी–३ मा पनि उनी बोल्ड अवतारमा देखिइसकेकी छिन्।