मंसिर ९। साताको राशिफल । मंसिर ९ देखि मंसिर १५ गतेसम्म

0
Shares

ज्यो. चन्द्रेश शर्मा

 मेष
तपाईंका लागि यो साताका शुरुका दिनहरु शुभ फलदायक देखिन्छन्। उपलब्धिमूलक कार्यमा लगानी हुने, आम्दानी बढ्नाले घरायसी आवश्यकताका वस्तुहरुको अभाव नहुने, पारिवारिक सुख–सन्तोष हुनेछ। इज्जत–प्रतिष्ठा, मान–सम्मान बढ्नेछ। मंगलबारबाट भने स्वास्थ्य समस्या आउने सम्भावना छ। पारिवारिक विवाद होला। अनावश्यक झमेला आइलाग्नेछ। बिहीबारसम्म धैर्यताको खाँचो छ।
 वृष
यो साता तपाईंका लागि धेरै उपलब्धिमूलक छ। गरेका काम सफल हुने, वंशवृद्धिको सम्भावना, रिसाएका व्यक्तिहरु खुसाएर नजिकिन खोज्ने, मुद्दामामिला भएमा विजयको सम्भावना, पठनपाठनमा सफलता, राम्रै आम्दानी हुने प्रबल सम्भावना, साथीभाइ–इष्टमित्रबाट सहयोग, नेतृत्वदायी भूमिकामा सफलता हुनेछ। तर शुक्रबार भने स्वास्थ्य समस्या, कार्य बाधा हुने प्रबल सम्भावना छ।
 मिथुन
तपाईंका लागि यो हप्ता सुख–समृद्धिदायक छ। राज्यद्वारा दिइने सेवा–सुविधा प्राप्त हुने, राजनीतिक सक्रियता बढ्ने, व्यापार–व्यवसायमा लागेकाहरुलाई यथेष्ट फाइदा हुने, शारीरिक एवम् मानसिकरुपमा स्वस्थ भइनेछ। त्यस्तै बोलीबचनमा सरस्वती बस्नाले बोलेको लाग्ने, आर्थिक लाभ हुनाले व्ययभार थेग्न सहज हुने, सुख–सन्तोष हुनेछ। तर आज शनिबार भने केही अस्वस्थता र तनाव होला।
 कर्कट
यो साता तपाईंका लागि मिश्रित फलदायक छ। निर्णय क्षमतामा कमी आउला। के गर्ने, के नगर्ने भन्नेमा अरुको सहायता आवश्यक पर्न सक्छ। मध्यभाग आइतबार र सोमबार चिन्ता, थकावट, विवादको समाना गर्नुपर्ला। रोगव्याधि, चोटपटकको भय छ। मंगलबारदेखि समय शुभ छ। स्वास्थ्यलाभ, गरेका कामको उपलब्धि, आर्थिक लाभ हुनेछ। इज्जत–प्रतिष्ठामा वृद्धि होला।
सिंह
तपाईंका लागि यो हप्ताका धेरैजसो दिन शुभ नै छन्। आँटेको र अधुरा काम पूरा होलान्। एकपछि अर्को गर्दै सफलताका सिँढीहरु उक्लिने सम्भावना छ। भोजनादि खाद्य सामग्री प्राप्ति होला। साथीभाइ, इष्टमित्रसँग भेटघाट हुने र सो भेटघाटबाट राम्रै उपलब्धि होला। मंगलबारदेखि बिहीबारसम्म भने बढी नै परिश्रम गर्नुपर्ला। आर्थिक नोक्सानी हुने र तनाव सृजना हुने देखिन्छ।
 कन्या
तपाईंका लागि यस साताका शुरुका दिनहरु धेरै फलदायक देखिन्छन्। आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला। राज्यबाट लाभ, कूटनीतिक प्रयास सफल, धनलाभ, मानसिक सन्तुष्टि हुने देखिन्छ। प्रतिस्पर्धामा विजय नहोला भन्न सकिन्न। तर बुधबार र बिहीबार भने वायुजन्य रोग ग्यास्टिकले सताउन सक्छ। दोडधुप, तनाव एवम् लखतरान परिएला। पारिवारिक विवाद हुन सक्छ।
 तुला
यो साताका धेरैजसो दिनहरु शुभ फलदायक देखिँदैनन्। आज शनिबार र अन्त्यको शुक्रबार प्रयास गरेमा उन्नति–प्रगति होला। सुख–सन्तोष एवम् रमाइलो होला। तर बाँकी सबै दिनहरु तपाईंका लागि अनुकूल देखिँदैनन्। विभिन्न आरोप सहनुपर्ला। दुःख–कष्ट, स्वास्थ्यमा समस्या, इज्जत–प्रतिष्ठामा आघात, राज्यबाट भय हुने सम्भावना छ। साथीभाइ, इष्टमित्रबाट धोका पाइन सक्छ।
 वृश्चिक
 तपाईंका लागि यस साताको मध्यभाग सोमबार र मंगलबार त्यति राम्रो देखिँदैन। बाँकी दिनहरु शुभ फलदायक छन्। विविध वस्तु वा सेवाको प्राप्ति होला। आफ्नो बोली बिक्ने, कार्य सफल हुने, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ। साथीभाइसँगको भेटघाट उपलब्धिमूलक हुनेछ। तर साताको मध्यभागमा भने अनावश्यक खर्च, स्वास्थ्य समस्या, चोटपटकको भय हुने देखिन्छ।
 धनु
 यस हप्ताका बढीजसो दिन तपाईंका लागि शुभ छन्। गरेका कार्यहरु सफल हुँदा सुखानुभूति हुनेछ। कतैबाट खाद्यान्न लाभ होला। आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ। उपहारस्वरुप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ। तर बुधबार र बृहस्पतिबार भने कार्यमा असफलता हुँदा तनाव बढ्नेछ। धन हानि, मान हानिको सम्भावना छ। धैर्य गर्नुहोला।
मकर
साता धेरै राम्रो छ। आज शनिबार केही खर्च र सामान्य स्वास्थ्य समस्या आउने सम्भावना छ। तर बाँकी दिनहरु भने धेरै लाभदायक छन्। इच्छित कार्यहरु पूरा हुँदा मन प्रफुल्लित हुनेछ। व्यापार, ठेक्कापट्टा वा गरिरहेको व्यवसायले सफलताको सिँढी चढ्नेछ। आम्दानीका स्रोतहरु बढ्नेछन्। नेतृत्व क्षमतामा वृद्धि हुँदा अरुहरु नतमस्तक हुनेछन्। इज्जत–प्रतिष्ठा नयाँ उचाइमा पुग्नेछ।
 कुम्भ
तपाईंका लागि यो साता धेरै राम्रो देखिन्छ। तपाईंको यश–ऐश्वर्यमा वृद्धि हुनेछ। पढाइ–जागिरमा उच्च मूल्यांकन हुने देखिन्छ। राजनीतिमा सफलता, व्यवसायबाट उच्च आम्दानी, राज्यबाट लाभ हुनेछ। थालनी गरिएका अधुरा काम पूरा हुनेछन्। नेतृत्व क्षमतामा वृद्धि हुने, बोली बिक्ने, सानै प्रयासबाट पनि कार्य सफल हुने देखिन्छ। शुक्रबार भने दुर्घटनाको सम्भावना भएकाले सतर्कता रहनुहोला।
 मीन
यो साता तपाईंका लागि मिश्रित फलदायक छ। के गर्ने, के नगर्ने भनेर निर्णय लिन नसक्ने अवस्था आउन सक्छ। साताको मध्यभाग आइतबार र सोमबार इष्टमित्रसँग विवाद पर्ला। रोगव्याधि, दुर्घटना, चोटपटकको भय छ। मंगलबारबाट भने समय शुभ छ। आफ्नो सेवा वा व्यवसायबाट आर्थिक लाभ हुनाले आर्थिक समस्या समाधान हुनेछ। बौद्धिक क्षमताको प्रयोगबाट राम्रै काम होला।