दक्षिण ललितपुरका दूध किसान सम्मानित

0
Shares

सुरेश तामाङ, ललितपुर । दक्षिण ललितपुरका दूध किसानहरु सम्मानित भएका छन् । टिकाभैरब दूध किसान समूहले उनीहरुलाई सम्मान गरेको हो ।
प्राकृतिक कृषि सहकारी संस्था लिमिटेडद्वारा प्रवद्र्धित सो समूहले शनिबार वनभोज कार्यक्रम राख्दै दूध किसानलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको सहकारीका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताउनुभयो । किसानहरुले वर्षभरी बिक्री गरेको दूधको परिणामको आधारमा प्रोत्साहन स्वरुप सो सम्मान गरेको उहाँको भनाई छ ।
कार्यक्रममा सहकारीबाट प्रवद्र्धित समूह अन्तर्गत ३ डेरीका ९ जना दूध किसानलाई पुरस्कृत गरिएको हो । सहकारीले डेरी नम्बर १ छम्पी, डेरी नम्बर २ लेले सिखर्पा र डेरी नम्बर ३ लेले पिआईए पार्कमा संचालित दूध डेरीलाई प्रर्वद्धन गर्दै आएको छ ।
समूहले डेरी नम्बर १ छम्पीका दूध किसान श्यामसुन्दर तिमल्सिना, लालमणी तिमल्सिना र आत्माराम खड्कालाई क्रमशः प्रथम, द्धितीय र तृतीय पुरस्कार सहित सम्मान गरेको छ ।
डेरी नम्बर २ लेले सिखर्पाका दूध किसान रिता नगरकोटी, राजु नगरकोटी र उषा विष्टलाई क्रमशः प्रथम, द्धितीय र तृतीय पुरस्कार सहित सम्मान गरेको समूहले जनाएको छ ।
त्यस्तै समूहले डेरी नम्बर ३ लेले पिआईए पार्कका दूध किसान मुक्तीनाथ हुमागाई, धनप्रसाद बजगाई र देवकुमारी गोदार थापालाई क्रमशः प्रथम, द्धितीय र तृतीय पुरस्कार सहित सम्मान गरेको छ ।
समूहमा आबद्ध दूध किसानहरुलाई वर्षभरीको आयव्यायको हिसाव किताव बुझाउने, मनोरञ्जन गर्ने÷गराउने र आगामी दिनको रणनीति तय गर्न आयोजित कार्यक्रममा नियमित रुपमा दूध बिक्री गर्ने कृषक, उत्कृष्ट कर्जा कारोबार गर्ने कृषक, दूध संकलनमा सहयोग गर्ने कर्मचारी र ढुवानीमा सहयोग गर्ने चालकलाई समेत सम्मान ग¥यो ।
जस्मा उत्कृष्ट पुरस्कार सहित सम्मान पाउनेहरुमा सवारी चालक रामहरी घिमिरे, कर्मचारी तर्फ जीवन सापकोटा, उत्कृष्ट नियमित कर्जा कारोबार गर्नेतर्फ धनप्रसाद बजगाई, नियमित दूध विक्रेता गर्ने १ नम्बर डेरीबाट श्याम खड्का र २ नम्बर डेरीबाट हरिप्रसाद घिमिरे रहनुभएको छ ।
दूध डेरीहरुले ३ सय ६३ दिन डेरी संचालन भएकोमा त्यत्तिनै दिन दूध ढुवानी गरेबापत उत्कृष्ट सम्मान सहित पुरस्कारको व्यवस्था गरेको सहकारीका अध्यक्ष तिमल्सिनाको भनाई छ ।
समूहले गरेको देउसी भैलो कार्यक्रममा योगदान गर्ने शाराधा घिमिरे अनु, रिता अधिकारी, सुदिप थापा, भुवन चौलागाई लगायतका कलाकारहरुलाई समेत सम्मान गरेको थियो ।
कार्यक्रममा समूहका धनप्रसाद बजगाईको अध्यक्षतामा १३ सदस्यीय समिति चयन समेत गरेको थियो । कार्यक्रममा केन्द्रीय दूध उत्पादक सहकारी संघका महासचिव राम आचार्य, संघकै कोषाध्यक्ष कृष्णप्रसाद सापकोटा, जिल्ला दूध उत्पादक शहकारी संघका अध्यक्ष कृष्णमान लामा, गोदावरी नगरपालिकाका पशु विकास अधिकृत मणीराम अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उहाँहरुले कृषि अनुदानमा सहज पहुँच पु¥याउन सहयोग गर्ने, कृषक हकहितमा लड्न, पशु विमा लगायतका कुराहरु उठाउनुभएको थियो ।
अबैध मदिरा र ढुंगा खानीमा ज्यान जोखिममा राख्दै दैनिक गुजरा चलाईरहेकालाई लक्षित गरी समूहले कृषिजन्य कार्यक्रमहरुमा सहयोग गर्दै आईरहेको छ । १२ जना कृषकबाट सुरु गरेको समूहमा हाल १ सय ६४ दूध किसान आबद्ध हुनुभएको छ । भने दैनिक ४० लिटरबाट संकलन सुरु गरेको समूहले हाल दैनिक ८ सय ८० लिटर दूध संकलन गर्दै आईरहेको छ ।
समूहले बार्षिक १ करोड ३१ लाख ४३ हजार ४ सय ४७ रुपियाँको ३ करोड ३६ लाख ४ सय ६० लिटर वार्षिक संकलन गर्ने गरेको छ ।