कुँवरलाई रथीको दज्र्यानी चिह्न

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
मन्त्रिपरिषद्को हालैको निर्णयले रथीमा बढुवा हुनुभएका हेमन्तराज कुँवरलाई बिहीबार जङ्गी अड्डामा आयोजित एक विशेष समारोहबीच प्रधानसेनापति राजेन्द्र क्षेत्रीले दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।

पदोन्नति हुनुभएका रथी कुँवरलाई नेपाली सेनाको बलाध्यक्षको कार्यालय प्रमुखमा पदस्थापना गरिएको छ। साथै, बलाध्यक्षको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका रथी पूर्णचन्द्र थापालाई बलाधिकृतको कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ।