सेनाको चेतावनी

0
Shares

 

हरारे, (एजेन्सी)
जिम्बाबेका सैनिक प्रमुखले राजनीतिक सफायाको आरोप लागेको हालैको कदमलाई लिएर राष्ट्रको राजनीतिक नेतृत्वलाई चेतावनी दिएको छ। यसले आर्थिक जर्जरताका कारण ध्वस्त बनिसकेको उक्त देशमा सैनिक विद्रोहको सम्भावना बढेको छ। सेनाको यस प्रकारको चेतावनी अत्यन्त दुर्लभ मानिन्छ। सन् २००४ मा देशको सशस्त्र बलको प्रमुखमा पुगेका क्रान्तिकारी जनरल कन्स्टान्टिनो चिवेंगाले जिम्बाबेमा बेलायती उपनिवेश अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलेका सत्तारुढ दलका नेताहरूको रक्षा गर्न सैन्य बल प्रयोग गर्न सक्ने चेतावनी दिएका छन्। राष्ट्रपति रोबर्ट मुगाबेले हालै मात्र उपराष्ट्रपति इमर्सनलाई पदच्युत गरेका थिए।